birat ribon

तय भयो ‘कबड्डी–४’को प्रदर्शन मिति

Neuro
तय भयो ‘कबड्डी–४’को प्रदर्शन मिति

काठमाडौँ / सुपरहिट सिरिज ‘कबड्डी’को चौथो भागको प्रदर्शन मिति सार्वजनिक भएको छ । ‘कबड्डी’का तीन सिरिजका केही महत्त्वपूर्ण सिनहरू जोडेर तयार पारिएको एक भिडियो सार्वजनिक गर्दै निर्माण टिमले ‘कबड्डी–४’ आगामी असोज १५ गते देशव्यापी प्रदर्शन हुने घोषणा गरेको हो ।

cura insider

‘द फाइनल म्याच’ उप–शीर्षक राखिएको फिल्मलाई ‘कबड्डी’को अन्तिम भाग भनिएको छ । निर्माण टिमले सार्वजनिक गरेको सो भिडियो र फिल्मको उप–शीर्षकलाई हेर्ने हो भने ‘कबड्डी–४’ मा पहिलो सिरिजदेखि तेस्रो सिरिजसम्मका सबै प्रमुख पात्रहरू दोहोरिने सम्भावना छ । रामबाबु गुरुङ निर्देशित तथा निर्मित ‘कबड्डी’ को सम्पूर्ण सिरिज फिल्मका मुख्य पात्र काजी र मैयालाई समेटेर निर्माण गरिएको छ ।

‘फाइनल म्याच’ भनिएको ‘कबड्डी–४’ यस सिरिजको अन्तिम शृङ्खला हुनेछ । वैशाखबाट छायांकनमा जाने फिल्मको स्क्रिप्ट निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका छन् । बाँसुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारको लगानी रहनेछ ।

jackson ribon