birat ribon

बेलायतमा थप दुई नेपालीको कोरोनाका कारण मृत्यु

Neuro
बेलायतमा थप दुई नेपालीको कोरोनाका कारण मृत्यु

विराटनगर / कोरोना भाइरसका कारण विदेशमा यो साता थप दुई जना नेपालीको निधन भएको छ । यो साता निधन भएका दुवै जना बेलायतमा बस्दै आएका नेपाली हुन् ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म तीन सय ४१ जना नेपालीको सङ्क्रमणका कारण निधन भएको छ । हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना सङ्क्रमणले निधन भएका हो ।

cura insider

विदेशका विभिन्न ५३ देशमा रहेका नेपालीहरू सङ्क्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्ष देखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ जना, बेलायतमा ८६ जना र युएईमा ५० जना नेपालीको ज्यान गएको छ ।

jackson ribon