birat ribon

संसद् बैठक आज ४ बजेदेखि बस्दै

Neuro
संसद् बैठक आज ४ बजेदेखि बस्दै

विराटनगर / प्रतिनिधिसभाको बैठक आज दिउँसो ४ बजेदेखि बस्दै छ । सर्वोच्च अदालतको १३ दिनभित्र बैठक डाक्न दिएको आदेशअनुसार संसद् बैठक आज २३ गते बस्न लागेको हो ।

cura insider

आफूविरुद्ध अविश्वास प्रस्ताव आउन लागेको सुइँको पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए । गत पुस ५ गते राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । तर सर्वोच्च अदालतले संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न फागुन ११ गते आदेश दिएको थियो ।

संसदीय राजनीतिमा जटिलता थपिँदै गएको छ । सत्तापक्ष नै दुई समूहमा विभाजित छन् । उनीहरूले आ–आफ्नै ढङ्गले दलका नेता र प्रमुख सचेतक चयन गरेका छन् । तर ती कुनै पनि कुराले कानुनी मान्यता पाइसकेको अवस्था छैन । यहाँसम्मकि कानुनी रूपमा नेकपा अझै फुटेको छैन । यस्तो अवस्थामा संसदमा हुने सत्ता राजनीति कसरी अडाडि बढ्छ अन्योलको स्थिति छ । प्रधानमन्त्री ओली राजीनामा दिने मनस्थितिमा छैनन् । उनी विश्वासको मत नलिने तर अविश्वासको प्रस्ताव आए सामना गर्ने तयारीमा देखिन्छन् ।

jackson ribon