birat ribon

पुनर्जीवन पाएको प्रतिनिधिसभाको बैठक आज

Neuro
पुनर्जीवन पाएको प्रतिनिधिसभाको बैठक आज

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेपछि सर्वोच्च अदालतको फैसलामार्फत पुनःस्थापना भएर पुनर्जीवन पाएको संसद् (प्रतिनिधिसभा) को पहिलो बैठक आज (आइतबार) बस्दै छ ।

cura insider

पाँच वर्षका लागि निर्वाचित प्रतिनिधिसभाको कार्यकाल दुई वर्ष बाँकी रहँदै ओलीले गत पुस ५ गते संसद् विघटन गरिदिएका थिए । तर सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएपछि संसद् अधिवेशन आजबाट सुरु हुँदै छ । विघटन खारेज गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बोलाउन दिएको परमादेशअनुसार प्रतिनिधिसभाको अधिवेशन सुरु हुन लागेको हो  ।

संसद् पुनस्र्थापनापछि पनि नैतिकताका आधारमा राजीनामा नदिएका ओली आफैँले विघटन गरेको संसद्बाट विरोधीसँग टकराव गर्ने मनस्थितिमा छन् । यद्यपी, शनिबार साँझसम्म प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने विषयमा ठोस प्रगति भएन ।

दुई अधिवेशनबीचको अवधि ६ महिनाभन्दा धेरै हुन नहुने संवैधानिक व्यवस्थाअनुसार १७ पुसमै संसद् बैठक सुरु हुनुपर्ने थियो । तर, ओलीले विघटन गरेपछि सातौँ अधिवेशन बस्न सकेको थिएन । सर्वोच्च अदालतले ११ फागुनमा प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक ठहर गरेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेकी थिइन् ।

प्रतिनिधिसभा बैठकमा विभाजित नेकपाको ओली तथा प्रचण्ड–नेपाल समूह परस्परविरोधी तयारीमा देखिएपछि संसद् सञ्चालनसमेत प्रभावित हुने अवस्था देखिएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस नेकपा विभाजनको कानुनी निरुपण नभएसम्म ‘रिजर्भ’मा बस्ने तयारीमा छ । नेकपाको दुवै समूह सत्तापक्षको एउटै रोमा आमुन्ने–सामुन्ने रूपमा खडा हुने तयारीमा रहेका वेला सभामुख अग्निप्रसाद सापकोटालाई दुवै समूहको सहमतिमा सदन सञ्चालन गर्ने चुनौती खडा भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon