विराटनगर / लेइस्टर सिटी इङ्ग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति ब्राइटनलाई २–० गोलले हराउँदै लेइस्टर दोस्रो स्थानमा उक्लिएको हो ।
ब्राइटनको मैदानमा जित निकालेसँगै उसले सर्वाधिक धेरै पटकको विजेता म्यानचेस्टर युनाइटेडलाई उछिन्दै दोस्रो स्थान बनाएको हो । लेइस्टरले २८ खेलमा ५३ अङ्क जोडेको छ । तेस्रो स्थानको युनाइटेडसँग ५१ अङ्क छ । उसले २७ खेल खेलेको छ ।

गए रातिको खेलमा ब्राइटनले सुरुआती अग्रता बनाएको थियो । दसौँ मिनेटमा अदाम ललनाले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए ।
६२औँ मिनेटमा केलेची इहेनाचोले गोल गर्दै लेइस्टरलाई बराबरीमा फर्काए । ८७औँ मिनेटमा डेनियल अमार्तेले गोल गरेपछि लेइस्टर २–१ गोलले विजयी भयो ।