birat ribon

विद्युत आयोजनाका दुई मजदुरको ढुङ्गाले किचेर मृत्यु

Neuro
विद्युत आयोजनाका दुई मजदुरको ढुङ्गाले किचेर मृत्यु

विराटनगर / ताप्लेजुङमा निर्माणधिन मध्यतमोर जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरको ढुङ्गाले किचेर घटनास्थलमै मृत्यु भएको छ ।

cura insider

आयोजनाको सुरुङ खन्ने क्रममा उदयपुर घर भएका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुरका २८ वर्षीय सन्तोष बानियाको ज्यान गएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार दुवै जनालाई मिक्वाखोला गाउँपालिका–२ खोक्लिङको थुम्वाबाट फक्ताङलुङ गाउँपालिका–१ सावादिनतर्फ जाने सुरुङ खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले शनिबार दिउँसो किचेको थियो ।

सुरुङभित्र पसेका अन्य कामदार भने सकुशल छन् । २०७४ सालबाट निर्माण सुरु भएको ७३ मेगावाट क्षमताको आयोजनाको सुरुङमार्ग तीन हजार तीन सय ६७ मिटरको निर्माण हुनेछ । हालसम्म आउटलेट टर्नेलबाट हेडबक्सतर्फ एक हजार तीन सय ९७ मिटर सुरुङ निर्माण भएको आयोजनाको निर्माण सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड कम्पनीले गरिरहेको छ । हाम्रोमत दैनिकमा समाचार छ

jackson ribon