birat ribon

ब्राजिलमा ६७ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिए, एकै दिन एक हजार पाँच सयको मृत्यु

Neuro
ब्राजिलमा ६७ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिए, एकै दिन एक हजार पाँच सयको मृत्यु

विराटनगर / पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको ब्राजिलमा एकै दिन ६७ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् ।

cura insider

एक हजार पाँच सय जना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र नयाँ थपिएका र ज्यान गुमाएका सङ्क्रमितको सङ्ख्या अन्य मुलुकको तुलनामा सबैभन्दा बढी हो । ब्राजिलमा ६७ हजार चार सय ७७ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड नौ लाख ३९ हजार तीन सय २० पुगेको छ ।

एक हजार पाँच सय जनाको ज्यान गएपछि जम्मा मृत्यु हुने सङ्ख्या दुई लाख ६४ हजार चार सय ४६ पुगेको छ । सङ्क्रमितमध्ये ९७ लाख चार हजार तीन सय ५१ जना उपचारपछि निको भएका छन् । नौ लाख ७० हजार पाँच सय २३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो २४ घण्टाभित्र ५४ हजार नौ सय ९३ जना सङ्क्रमित थपिएका छन् । हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ९६लाख ५० हजार तीन सय १३ पुगेको छ । एकै दिन एक हजार तीन सय ९२ जनाको मृत्यु भएसँगै अमेरिकामा हालसम्म ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या पाँच लाख ३६ हजार नौ सय ९५ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड दुई लाख ६९ हजार पाँच सय दुई जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ८८ लाख ४३ हजार आठ सय १६ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये १३ हजार पाँच सय ९४ जनाको स्वास्थ्य अवस्था खराब छ ।

छिमेकी मुलुक भारतमा एकै दिन १८ हजार छ सय ३८ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड १२ लाख १० हजार पाँच सय दुई पुगेको छ । २४ घण्टाभित्र ९८ जनाले ज्यान गुमाएपछि हालसम्म भारतमा एक लाख ५७ हजार सात सय ९१ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

सङ्क्रमितमध्ये एक करोड आठ लाख ६६ हजार चार सय ९८ जना उपचारपछि निको भएका छन् । एक लाख ८६ हजार दुई सय १३ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ९१ हजार सात सय ५२ जना नयाँ सङ्क्रमित थपिए । सात हजार तीन सय ३२ जना सङ्क्रमितले ज्यान गुमाए । हालसम्म सङ्क्रमित सङ्ख्या ११ करोड ७० लाख ५४ हजार एक सय ५३ पुगेको छ । जम्मा मृत्यु हुने सङ्क्रमित सङ्ख्या २५ लाख ९८ हजार आठ सय ३१ रहेको छ ।

सङ्क्रमितमध्ये नौ करोड २६ लाख ३० हजार चार सय १९ जना उपचारपछि निको भएका छन् । दुई करोड १८ लाख २४ हजार नौ सय तीन जना उपचाररत रहेकोमा ८९ हजार चार सय ५७ जनाको अवस्था नाजुक रहेको छ ।

jackson ribon