birat ribon

भविष्य हाम्रो हो, कम्युनिस्टहरू फेल भइसके : रामचन्द्र पौडेल

Neuro
भविष्य हाम्रो हो, कम्युनिस्टहरू फेल भइसके : रामचन्द्र पौडेल

काठमाडौँ / नेपाली काङ्ग्रेसका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउने भएको बताएका छन् । शनिबार बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउने भएको बताए ।

cura insider

संसदीय प्रणालीको संरक्षक आफूहरू भएकाले काङ्ग्रेसले अरू आकाङ्क्षा नराखी संसदको अवरोधलाई हटाउने कुरामा मात्रै केन्द्रित हुनुपर्नेमा जोड दिए । संसदीय व्यवस्थालाई क्षति पु¥याउने काम आफूहरूले गर्न नहुने उनको भनाइ थियो ।

‘अहिले हाम्रो सबैभन्दा पहिलो प्राथमिकता डेडलक हटाउने हो । आजैबाट सोचौँ । डेडलक भोलि नै हटाऔँ । अरू कुराको स्वार्थमा नलागिदिनुस्,’ उनले भने, ‘किनभने भविष्य हाम्रो हो । भविष्य लोकतन्त्रको हो । कम्युनिस्ट फेल भइसकेका छन् । तर संसदीय व्यवस्थालाई क्षति पु¥याउने काम हामीले नगरौँ ।’

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली काङ्ग्रेसले आगामी निर्वाचनको नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्ने धारणा राखे । नेकपा हालसम्म विभाजन नभएको भन्दै नेकपा विभाजन नभई कुनै कदम चालिए अप्ठ्यारो परिस्थिति सिर्जना हुनेतर्फ उनले सचेत गराए ।

‘नेकपा आजको दिनसम्म विभाजन भएको छैन । नेकपा विभाजन नभई कुनै पनि कदम चाल्दा त्यसले भोलि अप्ठ्यारो परिस्थिति सिर्जना गर्छ कि भन्ने मलाइ चिन्ता छ,’ कोइरालाले भने, ‘त्यो नहोस् । २ वर्षपछि त निर्वाचन हुने नै छ । त्यो निर्वाचनलाई हामीले सार्न सक्यौँ र त्यो निर्वाचन नेपाली काङ्ग्रेसको नेतृत्वमा हुन सक्यो भने पक्कै पनि नेपाली काङ्ग्रेसको भविष्य छ ।’

नेता कोइरालाले नेपाली काङ्ग्रेसका भ्रातृ संगठनहरूको अधिवेशन तत्काल गर्नुपर्नेमा जोड दिए ।

jackson ribon