birat ribon

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आफूले हस्तक्षेप नगरेको मन्त्री भट्टको दावी

Neuro
पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आफूले हस्तक्षेप नगरेको मन्त्री भट्टको दावी

काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सम्बन्धमा आफूले हस्तक्षेप नगरेको बताएका छन् ।

cura insider

शनिबार नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्न तथा घटाउन आफूले कहीँ पनि हस्तक्षेप नगरेको बताए । अन्य मुलुकको मूल्य कस्तो रहेको छ, अध्ययनको जरुरी रहेको उनको भनाइ छ । भारतमा मूल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पदार्थ भारत जाने भन्दै त्यसमा भने ध्यान दिनुपर्ने उनले बताए ।

उनले भने, ‘ध्यान दिनुपर्ने अलिकति कहाँ हुन्छ भने भारतसँगको मूल्यमा उता सस्तो भयो भने यताबाट पारि जान्छ । त्यो ध्यान दिनुपर्छ, अलि मिलाउनुपर्छ ।’

मन्त्री भट्टले निर्माण नचाहने र ध्वंस चाहने, विनास चाहने प्रवृत्ति आफूहरुभित्रै रहेको भन्दै त्यस्तो प्रवृत्तिको विरुद्ध सङ्घर्ष गर्नुपर्ने बताए । ‘अहिले सरकारले गरेका कामहरु त देखिइराछन् । हामीले देखेका छौँ, सरकारले गरेको काममा अवरोध गर्नेहरु पनि छन्,’ उनले भने, ‘ध्वंस चाहने र निर्माण नचाहने, विनास चाहने, विकास नचाहाने प्रवृत्ति पनि हामीभित्रै छ । त्यसलाई ठिक ढङ्गले पहिचान गर्ने र त्यो प्रवृत्तिविरुद्ध हामी सङ्घर्ष गर्ने कुरो नै हुन्छ ।’

मन्त्री भट्टले आयल निगमलगायतका सरकारी कर्मचारीले सरकारविरुद्ध सडकमा जाने गरेको उल्लेख गर्दै कति ठिक र कति बेठिक हो, आत्मअनुशासन हो कि होइन, समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताइ ।

कर्मचारीहरूको दायित्व र कर्तव्य संस्थालाई बलियो बनाउने र कमीकमजोरीलाई सच्याउन सहयोग गर्ने भन्दै उनले आगामी दिनमा नीति, योजना कस्तो बनाउने हो, त्यसबारे मन्त्रालयलाई सहयोग गर्नसमेत सुझाए ।

jackson ribon