birat ribon

केपी ओली कुहिएको अण्डा हो जसलाई खाइँदैन, फ्याँक्नुपर्छ : प्रचण्ड

Neuro
केपी ओली कुहिएको अण्डा हो जसलाई खाइँदैन, फ्याँक्नुपर्छ : प्रचण्ड

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कुहेको अण्डा’को संज्ञा दिएका छन् । उनले ओलीलाई कामै नलाग्ने गरी बिग्रिएको बताए ।

cura insider

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले कम्युनिस्टहरू बिग्रिएपछि कामै नलाग्ने गरी कुहिएर जाने बताए । माओले बिग्रिएका कम्युनिस्टलाई कुहेको अण्डाको संज्ञा दिएको दृष्टान्त दिँदै अध्यक्ष दाहालले प्रधानमन्त्री ओली पनि ‘कुहिएको अण्डा’ भएको बताए ।

‘एकपटक माओसेतुङले बिग्रेका कम्युनिस्टका बारेमा भन्दा भन्नुभएको थियो । अण्डा स्वास्थ्यको लागि राम्रो कुरा हो । तर अण्डा कुहियो भने त्योभन्दा गन्धा चिज अरू केही पनि हुँदैन । कम्युनिस्टहरू राम्रा हुन्छन् तर गन्हाउन थाले, बिग्रिन थाले र कुहिन थाले भने त्योभन्दा नराम्रो कोही पनि हुँदैन,’ प्रचण्डले भने, ‘केपी ओली त्यही कुहेको अण्डा हो । कुहेको गन्हाएको अण्डालाई खाइँदैन । त्यसलाई गाडिन्छ या जलाइन्छ ।’

विभिन्न शक्तिको चलखेलका कारण कम्युनिस्ट आन्दोलनका सहकर्मी साथीहरू अलग भएको भन्दै उनले अहिले फेरि कम्युनिस्ट आन्दोलनमा समाहित हुन आएकोमा खुसी व्यक्त गरे । उनले नेत्रबिक्रम चन्द पनि आफ्नै बाटोमा आएकोमा खुसी हँुदै उनलाई स्वागत गर्न आफू प्रतीक्षारत रहेको बताए ।

‘म उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु र छिटै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतीक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘अन्तत उहाँ यही ठाउँमा, यही लाइनमा, यही टिममा आउनै पर्छ ।’

अर्का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले अन्तिम मौका दिएको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन आग्रह गरे ।

कार्यक्रममा पदम राई र बिमल अधिकारीको नेतृत्वमा युवाहरूलाई पार्टी प्रवेश गराइएको थियो ।

jackson ribon