birat ribon

के होला अब चलचित्रका नयाँ सिरिजको !

Neuro
के होला अब चलचित्रका नयाँ सिरिजको !

काठमाडौँ / नेपाली चलचित्र क्षेत्रमा अभिनेता दीपकराज गिरी र रामबाबु गुरुङको समूहलाई शक्तिशाली टिम मानिन्छ । दुवै टिमका आ–आफ्नै सुपरहिट सिरिज छन् । ‘छक्का पञ्जा’ र ‘कबड्डी’ । प्रायः दुवै पक्षले आफ्नो चलचित्र दसैंको फूलपातीमा वा दसैँ–तिहारकै बीचमा रिलिज गर्ने गरेका छन् ।

cura insider

फिल्म ‘कबड्डी–३’ गत वर्ष असोज ३ गते रिलिज भएको थियो । फिल्मले १८ करोड कमाएको निर्माताको दाबी थियो । तर त्यही समयमा दीपकले चलचित्र र निर्माताको नाम उल्लेख नगरी फेसबुकमा स्टाटस लेखेर गलत डाटा नदिन आग्रह गरिदिए । यही कारण रामबाबुले अर्को वर्षको दसैँको फूलपातीमा ‘छक्का पञ्जा–४’सँग भिड्न ‘कबड्डी–४’ ल्याउने सङ्केत दिएका थिए । त्यतिबेला ‘छक्का पञ्जा–४’ निर्माण हुने चर्चा चलिरहेको थियो ।

तर कोरोनाका कारण चलचित्र उद्योगसँगै सबै क्षेत्र ठप्प भएपछि लेख्दै गरेको स्क्रिप्ट थन्क्याएर दीपक आफ्नै फार्म हाउस खोल्नेतर्फ लागेका थिए । अब ‘छक्का पञ्जा–४’ को दसैँमा रिलिज हुने सम्भावना त्यति बलियो देखिएको छैन । ‘छक्का पञ्जा–४’ अगाडि दिपक अन्य दुईवटा चलचित्रमा काम गर्ने छन् । तर, यी दुवै चलचित्र उनको आफ्नै ब्यानर र लगानीमा बन्ने छैन ।

यता ‘कबड्डी’ का तीन सिरिजका केही महत्त्वपूर्ण सिन जोडेर तयार पारिएको एक भिडियो सार्वजनिक गर्दै निर्माण टिमले ‘कबड्डी–४’ को प्रदर्शन मिति घोषणा गरेका छन् । फिल्म निर्माण नहुँदै निर्देशक गुरुङले अर्को वर्ष (२०७८) को असोज १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । त्यसो त यो मितिमा अशोक शर्माको फिल्म ‘अल्लारे–२’, अभिनेता दिलीप रायमाझी र गायक प्रकाश सपुत अभिनित फिल्म ‘परदेशी–२’ पनि रिलिज हुन सक्ने सम्भावना छ । तर बढ्दो कोरोना त्रासका कारण पछि के होला, अहिले नै केही भन्न सकिँदैन ।

jackson ribon