birat ribon

विभिन्न प्रतियोगिता गरी चेम्बरको वार्षिकोत्सव मनाइँदै

Neuro
विभिन्न प्रतियोगिता गरी चेम्बरको वार्षिकोत्सव मनाइँदै

काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७०औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाइरहेको छ । वार्षिकोत्सवकै अवसरमा नेपाल चेम्बर अफ कमर्सले शनिबार काठामाडौँमा दौड प्रतियोगिता आयोजना गरेको छ ।

cura insider

प्रतियोगिताका विजयीहरूलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरे । ‘रन फर फन’ नाम दिएको प्रतियोगितामा तीन सय १५ जना खेलाडी सहभागी थिए । पुरस्कार वितरण समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताए । विद्यार्थी, सञ्चारकर्मी र व्यवसायीका अलग–अलग दौड प्रतियोगिता गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ म्याराथन धावकहरू वैकुण्ठ मानन्धर र रामकृष्ण महर्जनलाई सम्मानित गरिएको छ । २००७ सालमा प्रजातन्त्रको स्थापनासँगै चेम्बरले समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ । वार्षिकोत्सवको अवसरमा चेम्बरले चित्रकला प्रतियोगिता, रक्तदान कार्यक्रम, दौड प्रतियोगिता सम्पन्न गरिसकेको छ । नेपाल महिला चेम्बरले व्यापारिक प्रर्दशनी तथा मेला आयोजना गर्दै छ । चेम्बरले गल्फ प्रतियोगिता पनि गर्दैछ ।

jackson ribon