birat ribon

ताजमहल : यसरी बाँचिरहेछ

Neuro
ताजमहल : यसरी बाँचिरहेछ
हिक्मत थापा

निर्वस्त्र यसरी कि
आफ्नै अस्मितामा डुब्ने गरी
वर्षौँदेखि रहेर मौन
प्रतीक्षामा प्रश्नको
प्रेम के हो ?
चिहानभित्रबाट शाहजहाँ
ट्रेजेडी पोखिरहेछ
नअटाएको आयतनमा
एउटा उत्तर पर्खिरहेछ
विवश ताजमहल–
उहिलेदेखि आजसम्म
यसरी बाँचिरहेछ ।

cura insider
jackson ribon