birat ribon

कोरोनाविरुद्धको खोप कार्यक्रम नरोकिने : अर्थमन्त्री पौडेल

Neuro
कोरोनाविरुद्धको खोप कार्यक्रम नरोकिने : अर्थमन्त्री पौडेल

काठमाडौँ / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् ।

cura insider

शनिबार बैङ्क तथा बित्तीय संस्था परिसङ्घ, नेपालको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड १९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने बताए । सबै लक्षित समुदायमा खोप पुर्‍याउने उनको भनाइ छ ।

अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैङ्क तथा बित्तीय संस्था तथा उद्योगहरूको मनोबललाई उठाएर अगाडि बढाउन महत्वपूर्व काम गरेको जिकिर पनि गरे । उनले भने, ‘हामी भ्याक्सिन प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउँछौ, सबै लक्षित समुदायमा भ्याक्सिन पुर्‍याउछौँ ।’

सरकारले खासगरी आकस्मिक रुपमा आइलागेका राष्ट्रिय अभिभारा पूरा गर्ने सन्दर्भमा पनि विकासका, निर्माणका, समृद्धिका अभियानलाई अगाडि बढाउँडा पनि निजी क्षेत्रका बैङ्क, बित्तीय संस्थाहरूको मनोबललाई उठाएर अगाडी बढाउन पनि महत्वपूर्ण कामहरु गरेको उनले बताए ।

अर्थमन्त्री पौडेलले सरकारले उत्पादनमुलक उद्योग, होटल तथा पर्यटन क्षेत्रका लागि पनि विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णय गरेको पनि जानकारी दिए ।

अर्थमन्त्री पौडेलले बैङ्क तथा बित्तीय संस्थाहरूको समस्या समाधानका निम्ति छलफल गर्न मन्त्रालय तयार रहेको बताए । समस्या समाधानका लागि छलफलको प्रबन्ध मिलाउने पनि उनको भनाइ छ ।

jackson ribon