birat ribon

मलाई प्रधानमन्त्रीको लोभलालच छैन : देउवा

Neuro
मलाई प्रधानमन्त्रीको लोभलालच छैन : देउवा

काठमाडौँ / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।

cura insider

शनिबार देउवा निवास बुढानिलकण्ठमा नेपाली काङ्ग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक महाकाण्डको विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका हुन् । आफूहरूलाई विपक्षमा बस्ने म्यान्डेड भएको भन्दै प्रधानमन्त्री बन्न नचाहेको उनले बताए ।

विपक्षी दलको नेता भावी प्रधानमन्त्रीको रूपमा रहने भए पनि आफूलाई प्रधानमन्त्रीको लोभलालच नभएको उनको भनाइ छ । उनले भने, ‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रधानमन्त्री बन्न चाहेकै छैन । हाम्रो म्यान्डेड विपक्षमा बस्ने हो । विपक्षी दलको नेता प्राइमिनिस्टर इन वेइटिङ हो । तर म त्यसमा पनि छैन । मलाई प्रधानमन्त्री बन्ने लोभलालच पनि छैन ।’

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि सरकार गठनको रस्साकस्सी चलेको छ । फागुन २३ गते प्रतिनिधिसभाको बैठक बस्दै छ । नेपाली काङ्ग्रेसलाई सरकारको नेतृत्व गर्न नेकपाभित्रको प्रचण्ड–माधव पक्षले प्रस्ताव गरेको भए पनि नेपाली काङ्ग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गरिसकेको छैन । सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीको रूपमा हेरिएको बेलामा उनले यस्तो टिप्पणी गरेका हुन् ।

jackson ribon