birat ribon

लाहुरे मेरो सपना

Neuro
लाहुरे मेरो सपना
मुना बिष्ट

सडकमा सेनाको गाडी कुद्दा लाग्छ अहिले गएर चडौँ ।
नेपाली सेनाको सिन्दुर पैरी देशका लागि लडौँ ।

cura insider

भन्छन् समाजमा छोरी भएर लाहुरे बन्नु हुन्न अरे ।
तर मेरो मनबाट सेना बन्ने रहर कहिले हटेन बरै ।

राइफलको नाल समाई खुकुरीलाई कम्मरमा भिर्ने छ ठूलो रहर ।
मलाई त ब्यारेक नै लाग्छ संसारको सुन्दर र सम्पन्न सहर ।

सुनेकी थिएँ सपना त्यो होइन जुन निदाएर देखिन्छ ।
मान्छेको भाग्य भगवानले होइन उसको कर्मको कलमले लेखिन्छ ।

सिरमा छड्के टोपी अनि लाहुरे पोसाकमा सजिन मन छ ।
पिर चिन्ता नगर्नु बाआमा तपाईंकी छोरी एकदिन सफलताको शिखरमा पुग्ने छ ।

हजारौँ ठक्कर खाए पनि मेरो सङ्कल्प छोड्दिन म ।
लाखौँ बाधा आए पनि सपना पूरा गर्नबाट पछाडि हट्दिन म ।

jackson ribon