birat ribon

अशोक थापाको ‘आमा कहाँ खोजुँ ?’

Neuro
अशोक थापाको ‘आमा कहाँ खोजुँ ?’

काठमाडौँ / निर्देशक अशोक थापामगरले छोटो कथा बुनेर आमालाई फरक ढङ्गले खोज्ने प्रयास गरेका छन् । गीताञ्जली थापामगरको आवाजमा पहिलोपटक आमा खोज्दै उनी साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।

cura insider

फागुन २० गते बिहीबार हाइलाइटस् नेपालबाट रिलिज भएको ‘आमा कहाँ खोजुँ ?’ म्युजिकल स्टोरीमा बालकलाकार नेरेश्का स्थापितले आमा खोज्ने भूमिका निभाएकी छन् भने रुबि मैनालीले विवशतावश ६ महिनाकी छोरीलाई खोलाको किनारमा छोड्न विवश आमाको भूमिका गरेकी छन् ।

अनाथ आश्रममा हुर्किरहेकी १० वर्षकी छोरीले जन्म दिने आमाको खोजी गरेको कथा यसमा छ । जन्म दिने आमाले विविध कारण र विवशताले आफ्नो नवजात शिशुलाई फाल्न बाध्य रहेको कथा छ ।

jackson ribon