birat ribon

यो फिका स्वतन्त्रता

Neuro
यो फिका स्वतन्त्रता
नवीन मनोहर

जीवनको हुर्णाहुती दिएर
महान् बनेका सहिदको आत्मालाई
फेरि एकपटक
गौरवपूर्ण सलाम छ
यहाँ भ्रष्टहरूको लाम छ
इमान्दारहरूको
न कुनै नाम छ
न कुनै सान छ
रगत अर्पेर आएको
यो स्वतन्त्रता
अब फेरि धुमिल छायामा
अनुवाद हुन थाल्यो
अभियन्ताहरू बेठेगान
बोल्न थालेका छन्
भित्री रहस्य खोल्न थालेका छन्
त्यसैले उज्लालोको
न कुनै गान छ
न कुनै मान छ
रस्साकस्सी र
छिनाझप्टीको फगत
तानातान छ ।

cura insider

अब फेरि
क्रान्तिको गीत गाउन थालेका छन् एकथरी
बेमौसमको
यो गीतमा
न कुनै लय
न कुनै गति
न तान छ
न अभिमान छ
फगत भनाभन छ ।

समय यसैगरी
अनवरत चलिरह्यो
निरन्तर बगिरह्यो भने
न कुनै अभिमान छ
न कुनै सत्यापन छ ।

घुमीफिरी रुम्जाटार भन्थे पुर्खाहरू
अब फेरि घुमिफीरी लोकमान भएको छ
जन जनमा निरास छ
न त आस छ
फगत भास छ
त्यसैले फेरि
देशको भविष्य उदास छ ।

jackson ribon