birat ribon

दह्रो छ यन्त्र

Neuro
दह्रो छ यन्त्र

किरण रिजाल ‘अन्जान’

cura insider

सहर सहर डङ्का पिट्न थाल्यो मजाले
जय र विजय नारा फुक्न थाल्यो गधाले
पवन लहड बोक्दै बढ्न लाग्यो नि आँधी
हडबड कति छ कुर्सी बस्न बेचैन पाजी ।।

सकल हित छ गर्ने एक दह्रो छ यन्त्र
झटपट गरिदिन्छन् रेडियो चित्र मन्त्र
जग जगत छ मख्खै मस्त सुन्दा नि गान
गरिब घरघर छ थुप्रो आँसु पीडा र भोक ।।

जल समतल हाम्रो बन्न लाग्यो नि नौलो
सकल सगर काम्दै आँसु झार्दैछ डल्लो
हरतरफ छ कालो मात्र छाया छ नाच्दो
बलजफत गर्दै खोस्न लाग्यो नि हाम्रो ।।

jackson ribon