birat ribon

आज इटहरीमा हिपहप फेस्टिभल हुँदै

Neuro
आज इटहरीमा हिपहप फेस्टिभल हुँदै

विराटनगर / इटहरी जेसीजको आयोजनामा आज इटहरीमा हिपहप फेस्टिभल हुँदै छ ।

cura insider

एक दशक पहिले नेपालमा र्‍याप ब्याटल हुने गरेको थियो तर यम बुद्धको निधनपछि हिपहप सुस्ताउँदै गएको छ । यसैकारण इटहरी जेसीजले नेपालमै पहिलो पटक हिपहप फेस्टिभल आयोजना गर्ने भएको हो ।

देशभरबाट थुप्रै र्‍यापरहरूलाई समेटेर सो कार्यक्रम इटहरीस्थित इम्पेरियल लाउन्जमा गरिने आयोजक बताउँछन् । कार्यक्रममा युनिक पोइट मुख्य आकर्षणका रुपमा उपस्थित हुने छन् ।

पछिल्लो पुस्तामा लोकप्रिय बन्दै गइरहेको हिपहप शब्दलाई सभ्य र सुसंस्कृत रुपमा अघि बढाउन फेस्टिभल आयोजना गरिएको इटहरी जेसीजका अध्यक्ष प्रकाश राई बताउँछन् । ग्रयाफिटी आर्ट, बिटबक्स, बि–बोइङ, डिजे, र्‍याप हिपहपलगायत सम्पूर्ण तत्वलाई समेटेर आज दिउँसो १ बजेदेखि कार्यक्रम सुरु गरिने बताइएको छ ।

अध्यक्ष राईका अनुसार दिउँसो र्‍याप ब्याटल गरिने छ भने साँझ हिपहप फेस्टिभलमा बाँकी कार्यक्रम सम्पन्न गरिने छ ।

jackson ribon