विराटनगर / गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको नयाँ गीत ‘फूल राम्रो’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कृष्ण केसीको शब्द तथा सङ्गीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र सम्झना खत्रीले अभिनय गरेका छन् ।
निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ ।
अनिल केसीको प्रस्तुति रहेको ‘फूल राम्रो’गीतको भिडियोलाई राम्रो मन च्यानलले निर्माण गरेको हो ।