birat ribon

हर्पेस भाइरस : प्रकार, कारण र यसको लक्षण

Neuro
हर्पेस भाइरस : प्रकार, कारण र यसको लक्षण

विराटनगर / हर्पेस सिम्प्लेक्स भाइरस (एचएसभी) को सङ्क्रमणबाट हर्पेस हुने हुन्छ ।

cura insider

यसले मुख तथा गुप्ताङ्गमा वा यसको वरिपरि घाउ वा फोकाजस्तो समस्या सिर्जना गर्छ । उक्त भाइरसले कुनै पनि उमेर समूहका मानिसहरूलाई असर गर्न सक्छ । हर्पेस भाइरसका दुई प्रकार छन्, एचएसभी–१ (ओरल वा मौखिक हर्पेस) र एचएसभी –२ ( जेनिटल वा गुप्ताङगमा हुने हर्पेस) ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार, विश्वव्यापी रूपमा करिब ६७ प्रतिशत मानिसहरूलाई एचएसभी १ को सङ्क्रमण छ भने ११ प्रतिशतमा एचएसभी २ को सङ्क्रमण छ ।

मुखको वरिपरि घाउ आउने, माथिल्लो र तल्लो ओठमा फोका आउनु, छालामा सानो रातो फोका, ज्वरो, सुन्निने तथा गिजाबाट रगत आउनु मौखिक हर्पेसका लक्षणहरू हुन् । कहिलेकाहीँ फोका अनुहार वा जिब्रोमा पनि देखा पर्छ र छालाको अन्य भागहरूमा विरलै हुने गर्छ । घाउहरू सामान्यतया दुईदेखि तीन हप्तासम्म रहन्छ ।

त्यस्तै, जेनिटल हर्पेस पुरुषको यौनाङ्गमा, महिलाको योनीभित्र वा वरिपरि, मलद्वार वा वरिपरि र छालामा अन्य ठाउँमा पनि हुनसक्छ । पिसाब गर्दा र योनी डिस्चार्जमा परिवर्तन हुँदा हर्पेसले दुखाइ पनि निम्त्याउन सक्छ । घाउहरू सामान्यतया दुईदेखि छ हप्तासम्म रहन्छ । घाउ तथा छालामा फोका आउनेबाहेक चिलाउने, लिम्फ नोड सुन्निने, ज्वरो, थकान र अस्वस्थ भएको सामान्य भावना हर्पेसका लक्षणहरू हुन् ।

एचएसभी छालामा उपस्थित हुँदा यो सजिलैसँग अर्को मान्छेमा सर्न सक्छ । सजिलैसँग सङ्क्रमितको छालाको सम्पर्कमा आउने मानिसमा हर्पेस हुन सक्छ । भाइरस छाला र आँखाको अन्य क्षेत्रको सम्पर्कको माध्यमबाट फैलिन सक्छ । मौखिक यौन सम्पर्कबाट पनि भाइरस फैलिन सक्छ । यदि जेनिटल हर्पेस भएको महिलालाई बच्चा जन्माउने बेलामा घाउ छ भने भाइरस बच्चामा पनि सर्न सक्छ ।

भाइरस लक्षण देखा पर्ने र निको हुने समयको बीचमा धेरै सङ्क्रामक हुन्छ । सामान्यतया लक्षण नभएको खण्डमा समेत एक व्यक्तिले भाइरस सार्न सक्छ । कुनै व्यक्तिले वस्तु वा सतहलाई छोएमा एचएसभीबाट सङ्क्रमित हुन सक्दैनन् । यदि एक व्यक्तिलाई एचएसभी सङ्क्रमण भएको छ भने यो जीवनभर रहने हुन्छ ।

केही व्यक्तिहरूमा कहिल्यै पनि लक्षण विकास नहुन पनि सक्छ । र, यदि लक्षण देखा परेमा यसले एचएसभीको प्रकार प्रतिविम्बित गर्छ । हेर्पेसको उपचारका लागि डाक्टरसँग परामर्श लिनु अति आवश्यक हुन्छ । हर्पेसको लागि कुनै उपचार छैन । तर, उपचारले लक्षणलाई नियन्त्रण गर्न र पुनः लक्षण विकास गर्नबाट रोक्न मद्दत गर्छ ।

jackson ribon