birat ribon

छोरी–बुहारीलाई लोकसेवा पढाउँदै बेलबारी नगरपालिका

Neuro
छोरी–बुहारीलाई लोकसेवा पढाउँदै बेलबारी नगरपालिका

विराटनगर / मोरङको बेलबारी नगरपालिकाले छोरी–बुहारीलाई लक्षित गरेर लोकसेवाको तयारी कक्षा सञ्चालन गरेको छ । ५० जना छोरी–बुहारीलाई १ महिनासम्म कक्षा सञ्चालन गरेर पढाउने नगरपालिकाको कार्यालयले जनाएको छ ।

महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले लोकसेवा कक्षा सञ्चालन गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । ५० जनाको सङ्ख्यामा आवेदन खुलाएर कक्षा सञ्चालन भए पनि त्योभन्दा बढी सहभागी भएका छन् । गत वर्षसमेत नगरपालिकाले कक्षा सञ्चालन गरेको थियो । न्यूभिजन इटहरीको प्राविधिक सहयोगमा लोकसेवाको कक्षा सञ्चालन गरिएको हो ।

cura insider

लोकसेवाको तयारी गरिरहेका विद्यार्थीलाई यसले ठूलो सहयोग पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताए । लोकसेवाको तयारीका लागि महिलाहरूलाई उत्प्रेरित गर्ने यसको उद्येश्य भएको शाहको भनाइ छ । आत्मनिर्भर हुने र निजामती क्षेत्रमा महिलाको उपस्थिति बढ्ने विश्वास गरिएको छ । हाम्रोमतबाट

jackson ribon