birat ribon

हुस्सु र कुहिरोले बाह्य र आन्तरिक उडान प्रभावित

Neuro
हुस्सु र कुहिरोले बाह्य र आन्तरिक उडान प्रभावित

काठमाडौँ / शनिबार बिहानैदेखि लागेको हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

त्रिभुवन विमानस्थलका टर्मिनल ड्युटी अफिसरका अनुसार भिजिबिलिटी ३ सय मिटरभन्दा कम भएकाले उडान प्रभावित भएको हो ।

cura insider

घाम लागेपछि बिस्तारै भिजिबिलिटी बढ्दै जाने र त्यसपछि मात्रै उडान सुरु हुने पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका केही पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
कान्तिपुर दैनिकबाट

jackson ribon