birat ribon

हिन्दीसहित तीन भाषामा ‘कादन’ को ट्रेलर सार्वजनिक

Neuro
हिन्दीसहित तीन भाषामा ‘कादन’ को ट्रेलर सार्वजनिक

विराटनगर / तमिल फिल्म ‘कादन’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको तमिल, तेलुगु र हिन्दी संस्करण गरी तीन भाषामा ट्रेलर सार्वजनिक भएको हो ।

cura insider

प्रभु सोलोमोनको लेखन तथा निर्देशन रहेको यो फिल्मको तमिल नाम ‘कादन’ राखिएको छ भने हिन्दी नाम ‘हात्ती मेरा साथी’ राखिएको छ । यस्तै फिल्मको तेलुगु नाम ‘आरनया’ राखिएको छ ।

फिल्ममा बाहुबली स्टार राणा दग्गुबाती मुख्य भूमिकामा छन् । इरोस इनटरनेसनलको ब्यानरमा निर्माण भएको फिल्ममा साउथ स्टार विष्णु विशाल, जोया हुसेन, पुल्कित सम्राटलगायतको अभिनय रहेको छ ।

यो फिल्म २६ मार्च २०२१ मा तमिल, तेलुगु र हिन्दी गरी तीन भाषामा एकसाथ प्रदर्शन हुनेछ ।

jackson ribon