birat ribon

सन्दीपको ‘लालुमै’पछि ‘सान्बाबु’

Neuro
सन्दीपको ‘लालुमै’पछि ‘सान्बाबु’

काठमाडौँ / लोकप्रिय गायक सन्दीप न्यौपानेले लालुमैको सफलतासँगै नयाँ गीत सान्बाबुको भिडियो सार्वजनिक गरेका छन् । जसमा सन्दीपसँग लोकप्रिय गायिका सम्झना भण्डारीको स्वर रहेको छ ।

cura insider

सङ्गीत संयोजन लोकप्रिय सङ्गीतकार सुदीप सागरको रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा टिकटकबाट चर्चा कमाएका सुन्दरी दिदीबहिनीद्वय स्मारिका र समारिका ढकालसँग गायक सन्दीपको गज्जबको छमछमी देख्न सकिन्छ । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोको सम्पादन विष्णु शर्माले गरेका हुन् ।

शिव हमालको च्यानलबाट बजारमा आएको गीतको भिडियो रिलिजलगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक न्यौपानेले बताए । सन्दीपका यसअघि लालुमै, ओक्कल दोक्कल, काली भन्न मिलेनलगायतका गीतका भिडियोहरूले चर्चा कमाएका छन् ।

jackson ribon