birat ribon

चलचित्र पत्रकार सङ्घ पर्सामा निलिमा

Neuro
चलचित्र पत्रकार सङ्घ पर्सामा निलिमा

विराटनगर / पत्रकार निलिमा पौडेलको नेतृत्वमा चलचित्र पत्रकार सङ्घ नेपालको पर्सा शाखा घोषणा गरिएको छ । शाखाको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः विवेक पौडेल, सूर्यनारायण विक, प्रणय शाह, समिना रञ्जितकार रहेका छन् ।

cura insider

सदस्यहरूमा सोनम गौतम, रश्मिराज भण्डारी, शम्भुकुमार सुमन, जय यादव, रन्जित यादव रहेका छन् । चलचित्र पत्रकार सङ्घ नेपालका महासचिव समिर बलामीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । जिल्लामा मनोरञ्जन बिटमा कलम चलाउने पत्रकार, कार्यक्रम प्रस्तोतालगायत चलचित्र पत्रकार सङ्घको ब्यानरमा सङ्गठित भएका हुन् ।

jackson ribon