birat ribon

बिनानिष्कर्ष टुङ्गियो काङ्ग्रेस संसदीय दलको बैठक

Neuro
बिनानिष्कर्ष टुङ्गियो काङ्ग्रेस संसदीय दलको बैठक

काठमाडौँ / पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा तय गर्न बसेको नेपाली काङ्ग्रेस संसदीय दलको बैठक पर्ख र हेरकै दुविधामा अलमलिएको छ । सङ्घीय ससंद् भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको संसदीय दल बैठक समसामयिक राजनीतिक विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेन ।

cura insider

बिहीबार बसेको पदाधिकारी बैठकले संसदीय दलको बैठक पनि सांसदहरूको धारणाका आधारमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो । तर शुक्रबार बसेको संसदीय दलमा २९ जना सांसदहरूले धारणा राखेको भए पनि राजनीतिक विषयमा लिने निर्णयबारे भने दल निष्कर्षमा पुग्न सकेन । आगामी आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपाका सांसदहरूको भूमिकाको विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने भएको छ ।

jackson ribon