birat ribon

निर्वाचन आयोगलाई प्रचण्ड र माधवको पत्र

Neuro
निर्वाचन आयोगलाई प्रचण्ड र माधवको पत्र

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले दलको विवाद अविलम्व निरुपण गर्न निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ । शुक्रबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्तरूपमा पत्र लेखी दलको विवाद छिट्टै निरुपण गर्न आग्रह गरेका हुन् ।

cura insider

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ र ४४ अन्तर्गत दलको विवाद निरुपणका निम्ति आग्रह गरिएको छ । शुक्रबार नेकपाको तर्फबाट नेकपा नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे, रामनारायण बिडारी र मुक्ति प्रधान निर्वाचन आयोग पुगेका थिए । नेकपा नेता लीलामणि पोखरेलले आफुहरू नेकपाको औपचारिक पत्र लिएर निर्णय छिटो गर्न ताकेता गर्नका लागि निर्वाचन आयोग आएको बताए ।

निर्वाचन आयोगले आइतबार बैठक बसेर प्रक्रिया अगाडि बढाउने जानकारी दिएको नेता पोखरेलले बताए ।

jackson ribon