birat ribon

सन्दीप काठमाडौँ एघारको कप्तान

Neuro
सन्दीप काठमाडौँ एघारको कप्तान

काठमाडौँ / काठमाडौँ मेयर कप क्रिकेटमा लेग स्पीनर सन्दीप लामिछानेले काठमाडौँ एघारको कप्तानी गर्ने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार सन्दीपलाई काठमाडौं एघारको कप्तानको जिम्मेवारी दिएको जनाएको छ ।

cura insider

पाकिस्तान सुपर लिग स्थगित भएपछि सन्दीपले शनिबारदेखि सुरु हुने काठमाडौं मेयर कप क्रिकेट खेल्न लागेका हुन् ।

काठमाडौं महानगरपालिकाको सहयोगमा क्यानले आयोजना गर्ने काठमाडौं मेयर कप को पहिलो दिन शनिबार दुई खेल हुँदैछन् । उद्घाटन खेलमा शनिबार त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, दोस्रो खेलमा नेपाल पुलिस क्लब र वागमती प्रदेशले खेल्नेछन् ।

jackson ribon