birat ribon

आज एक सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि

Neuro
आज एक सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि

विराटनगर / नेपालमा शुक्रबार थप एक सय २० जना कोरोना भाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार छ सय आठ पुगेको छ ।

cura insider

यस्तै आज ८३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार सात सय ६६ पुगेको छ ।

हाल आठ सय ३२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

आज कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार दस रहेको छ ।

jackson ribon