birat ribon

अम्बाको अत्यधिक सेवन पेट तथा छालाका लागि हानिकारक

Neuro
अम्बाको अत्यधिक सेवन पेट तथा छालाका लागि हानिकारक

विराटनगर / अम्बा स्वास्थका लागि लाभदायक फल मानिन्छ । आयुर्वेदका अनुसार अम्बाको फलका साथै यसको पात पनि महत्त्वपूर्ण हुन्छ ।

cura insider

अम्बामा भिटामिन सी, प्रोटिन, मिनिरल्स तथा फाइबरका साथै अन्य महत्त्वपूर्ण खनिज पदार्थ पाइन्छ । अम्बामा भरपूर मात्रामा भिटामिन सी पाइने भएकाले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाएर शरीरका विभिन्न समस्यालाई हटाउन मद्दत गर्छ ।

तर, हरेक कुराको फाइदासँगै बेफाइदा पनि जोडिएको हुन्छ । त्यस्तै, अम्बाको अत्यधिक सेवन फाइदाजनक हुँदैन । यसको अत्यधिक सेवनले पेटसम्बन्धी समस्या निम्त्याउन सक्छ । यसले पाँच प्रणालीमा नराम्रो असर पार्छ र पाचन शक्ति कमजोर हुन थाल्छ । अम्बाको अत्यधिक सेवनले पेट फूल्ने समस्या हुनसक्छ ।

अम्बाको फलमा चिनीको पर्याप्त मात्रा हुन्छ, जसलाई फ्रुक्टोज भनेर चिनिन्छ । शरीरलाई अत्यधिक फ्रुक्टोज पचाउन र अवशोषित गर्न समस्या हुन्छ, जसकारण पेट फुल्ने र ग्यास बन्न सुरु हुन्छ । फलमा चिनीको पर्याप्त मात्रा हुने हुँदा मधुमेह भएका बिरामीले यसको सेवनबाट जोगिनुपर्छ । त्यसैले अम्बाको सेवन गर्दा धेरै मात्रामा पानी वा तरल पदार्थको सेवन गर्न सल्लाह दिइन्छ ।

त्यस्तै, रुघाखोकी लागिरहने मानिसले अम्बाको सेवन गर्नु हँुदैन । अम्बा चिसो फल हो जसको सेवनले रुघाखोकीको समस्यालाई थप बढाउन सक्छ । गर्भवती तथा स्तनपान गराइरहेका महिलाले पनि अम्बाको अत्यधिक सेवन गर्नु हुँदैन । यसको सेवनले फाइबरको मात्रा बढ्ने हँुदा यो पाचनसम्बन्धी समस्याको मुख्य कारण हुनसक्छ ।

पोटासियम र फाइबरको सेवन गर्दा समस्या हुने कुनै अन्य स्वास्थ्य समस्याबाट ग्रस्त मानिसले अम्बालाई आहारमा समावेश हुनुअघि डाक्टरसँग परामर्श लिनुपर्छ । अम्बाको अत्यधिक सेवनले दाँतसँग सम्बन्धित अन्य समस्या हुनसक्छ । अत्यधिक अम्बाको सेवनको कारणले सङ्क्रमणको जोखिमसमेत बढाउँन सक्छ ।

अम्बा मात्र नभई यसका पात पनि हानिकारक हुनसक्छ । अम्बाको पातका कारण एनिमिया, टाउको दुखाइ र किड्नीको समस्या गम्भीर हुनसक्छ । साथै, यसले छालामा समस्या (एक्जेमा)समेत निम्त्याउन सक्छ ।

jackson ribon