birat ribon

फेसन डिजाइनरहरूको र्‍याम्प सो हुँदै

Neuro
फेसन डिजाइनरहरूको र्‍याम्प सो हुँदै

काठमाडौँ / डिजाइनरहरूको प्रतिस्पर्धामत्क र्‍याम्प सो ‘ड्रेस टु इम्प्रेसन’को सिजन–३ आगामी १३ चैतमा हुने भएको छ । इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आइआइएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरू आफैँले तयार गरेको पहिरनमा र्‍याम्पमा प्रस्तुत हुनेछन् ।

cura insider

आइआइएफटीका निर्देशक तेन्जिङ शेर्पाका अनुसार आइआइएफटीको फेसन डिजाइनिङका विद्यार्थीलाई एक्सपोज गराउने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’ सुरु गरिएको हो । जहाँ आइआइएफटीबाट ६ महिने डिजाइनिङ कोर्स पूरा गरी मोडलिङसम्बन्धी कक्षा लिएका डिजाइनरले प्रतिस्पर्धा गर्नेछन् । आइआइएफटीका अनुसार यसपटक एक सय १५ जना डिजाइनरले भाग लिँदै छन् ।

पुल्चोकस्थित याक प्यालेसमा आयोजना हुने ‘डेस टु इम्प्रेस’का लागि मोडल तथा कोरियोग्राफी विपना थापाले प्रतिस्पर्धीहरूलाई प्रशिक्षण दिने भएकी छन् । उनले प्रतिस्पर्धी डिजाइनरहरूलाई र्‍याम्पमा उत्रिनुअघिको तयारीका लागि प्रशिक्षण दिनेछिन् । ‘ड्रेस टु इम्प्रेस’को अफिसियल एमसी रोजिन शाक्यले गर्दै छन् ।

व्यवसायी क्षेत्रका व्यक्तित्व र सेलिबे्रटीमाझ आयोजना हुने ‘ड्रेस टु इम्प्रेस’को प्रि–जर्जिङ राउन्ड ७ चैतमा हुने आइआइएफटीका निर्देशक शेर्पाले जानकारी दिए । यस डिजाइनिङ प्रतिस्पर्धाबाट विजेता एक जनाले अवार्ड तथा नगद पुरस्कार पाउनेछन् । यसअघि रानी श्रेष्ठ र महेश्वरीनाथ योगीले ‘ड्रेस टु इम्प्रेस’मा अवार्ड जितेका थिए ।

jackson ribon