birat ribon

एघार हजार दुई सय ३४ मोटरसाइकल चालक कारबाहीमा

Neuro
एघार हजार दुई सय ३४ मोटरसाइकल चालक कारबाहीमा

मोहन ढकाल

cura insider

विराटनगर / जिल्ला ट्राफिक कार्यालय मोरङ विराटनगरले चालू आर्थिक वर्ष २०७७÷७८ को माघ मसान्तसम्ममा दुई करोड बढी राजस्व सङ्कलन गरेको छ । उक्त अवधिमा कारबाहीमा परेका ४० हजार तीन सय ८२ सवारी साधनबाट दुई करोड ३५ लाख २७ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय मोरङले बताएको छ ।

चालू आर्थिक वर्षको सात महिनाको अवधिमा सबैभन्दा बढी माघ महिनामा ४५ लाख १३ हजार पाँच सय राजस्व सङ्कलन भएको कार्यालयले बताएको छ । यस्तै, पुस महिनामा ४४ लाख ६३ हजार, मंसिरमा ३६ लाख ९५ हजार, कात्तिकमा ३४ लाख १५ हजार राजस्व सङ्कलन भएको छ । यसैगरी, असोजमा ३५ लाख ८६ हजार पाँच सय, भदौमा १७ लाख नौ हजार र साउनमा २१ लाख ४५ हजार राजस्व सङ्कलन गरेको ट्राफिक कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्षको साउनमा जम्मा तीन हजार सात सय तीन सवारी साधन ट्राफिक कारबाहीमा परेका छन् । जसमध्ये आठ सय ८७ वटा ट्रक कारबाहीमा परेका थिए । जसबाट पाँच लाख ३७ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो । यसैगरी दुई सय ५५ टिफर कारबाहीमा पर्दा एक लाख ३८ हजार राजस्व सङ्कलन भएको थियो । यस्तै, कारबाहीमा परेका चार वटा बसबाट दुई हजार, पाँच सय ५८ वटा जिप÷कारबाट तीन लाख तीन हजार, चार सय ४५ वटा ट्याक्टरबाट दुई लाख ४८ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय मोरङले बताएको छ ।

साउन महिनामा कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् । कारबाहीमा परेका एक हजार एक सय ९३ वटा मोटरसाइकलबाट सात लाख १५ हजार राजस्व सङ्कलन भएको छ । यस्तै, अटो र सिटी सफारी तीन सय ९ वटा कारबाहीमा परेबापत एक लाख ७३ हजार राजस्व सङ्कलन भएको छ । यस्तै, अन्य सवारीका साधन ५२ वटा कारबाहीमा परेर २८ हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।

चालू आर्थिक वर्षको भदौ महिनामा दुई हजार नौ सय ४७ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । भदौमा एक हजार ८६ वटा ट्रक कारबाहीमा परेका थिए । जसबाट ६ लाख २७ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै, कारबाहीमा परेका ४४ वटा टिपरबाट २७ हजार, एउटा बसबाट पाँच सय, चार सय १३ वटा जिप/कारबाट दुई लाख २१ हजार, पाँच सय सात वटा ट्याक्टरबाट तीन लाख ६ हजार, ६ सय ५९ ओटा मोटरसाइकलबाट तीन लाख ८७ हजार राजस्व संकलन भएको छ । कारवाहीमा परेका २ सय २२ अटो र सिटी सफारीबाट १ लाख २८ हजार र अन्य कारबाहीमा परेका १५ वटा सवारी साधनबाट १२ हजार पाँच सय राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बताएको छ ।

यस्तै, असोज महिनामा ६ हजार एक सय ६४ सवारी साधन कारबाहीमा परेका छन् । जसमध्ये कारबाहीमा परेका एक हजार पाँच सय ७६ ट्रकबाट १० लाख पाँच हजार राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय मोरङले बताएको छ । यस्तै, कारबाहीमा परेका एक सय आठ टिपरबाट ६६ हजार पाँच सय, २७ वटा बसबाट १५ हजार, आठ सय ४४ जिप÷कारबाट चार लाख ५६ राजस्व सङ्कलन भएको बताइएको छ ।

असोजमा कारबाहीमा परेका एक हजार एक सय २४ ट्याक्टरबाट ६ लाख ३५ हजार, एक हजार आठ सय ७९ ओटा मोटरसाइकलबाट १० लाख ९२ हजार राजस्व सङ्कलन भएको छ । कारबाहीमा परेका ६ सय चार अटो र सिटी सफारीबाट तीन लाख १६ हजार र अन्य कारबाहीमा परेका दुईवटा सवारी साधनबाट एक हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बताएको छ ।

यस्तै, कात्तिक महिनामा ६ हजार आठ सवारी साधन कारबाहीमा परेका छन् । जसमध्ये कारबाहीमा परेका एक हजार दुई सय ४४ ट्रकबाट सात लाख ४२ हजार राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय मोरङले बताएको छ । यस्तै, कारबाहीमा परेका एक सय ३८ टिपरबाट ८० हजार पाँच सय, ९४ वटा बसबाट ५० हजार, आठ सय ८३ जिप/कारबाट चार लाख ६५ हजार पाँच सय राजस्व सङ्कलन भएको बताइएको छ ।

असोजमा कारबाहीमा परेका एक हजार १६ ट्याक्टरबाट पाँच लाख ५७ हजार, एक हजार आठ सय ९६ वटा मोटरसाइकलबाट ११ लाख नौ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । कारबाहीमा परेका ६ सय ६३ अटो र सिटी सफारीबाट तीन लाख ७१ हजार पाँच सय र अन्य कारबाहीमा परेका ७४ वटा सवारी साधनबाट ३९ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बताएको छ ।

यस्तै, मंसिर महिनामा ६ हजार चार सय ५८ सवारी साधन कारबाहीमा परेका छन् । जसमध्ये एक हजार पाँच सय ५१ ट्रकबाट नौ लाख १४ हजार राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय मोरङले बताएको छ । यस्तै कारबाहीमा परेका एक सय ८१ टिपरबाट ९६ हजार, एक सय ३५ वटा बसबाट ७४ हजार पाँच सय, नौ सय ८२ जिप÷कारबाट पाँच लाख ६ हजार पाँच सय राजस्व सङ्कलन भएको बताइएको छ ।

मंसिर महिनामा कारबाहीमा परेका एक हजार एक सय ९४ ट्याक्टरबाट ६ लाख ६० हजार पाँच सय, एक हजार सात सय ७९ ओटा मोटरसाइकलबाट १० लाख ८१ हजार राजस्व सङ्कलन भएको छ । कारबाहीमा परेका ६ सय १७ अटो र सिटी सफारीबाट तीन लाख ५२ हजार र अन्य कारबाहीमा परेका १९ वटा सवारी साधनबाट १० हजार पाँच सय राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बताएको छ ।

यस्तै, पुस महिनामा सात हजार सात सय सात सवारी साधन कारबाहीमा परेका छन् । जसमध्ये कारबाहीमा परेका दुई हजार २६ वटा ट्रकबाट १२ लाख ५२ हजार राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय मोरङले बताएको छ । यस्तै, कारबाहीमा परेका दुई सय १५ टिपरबाट एक लाख १२ हजार पाँच सय, एक सय ९४ वटा बसबाट एक लाख ६ हजार पाँच सय, एक हजार एक सय ६६ जिप/कारबाट ६ लाख ३० हजार पाँच सय राजस्व सङ्कलन भएको बताइएको छ ।

कारबाहीमा परेका एक हजार पाँच सय ९८ ट्याक्टरबाट आठ लाख ७५ हजार पाँच सय, एक हजार आठ सय ८० वटा मोटरसाइकलबाट ११ लाख ५१ हजार राजस्व सङ्कलन भएको छ । कारबाहीमा परेका ६ सय सात अटो र सिटी सफारीबाट तीन लाख २४ हजार पाँच सय र अन्य कारबाहीमा परेका २१ वटा सवारी साधनबाट १० हजार पाँच सय राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बताएको छ ।

यस्तै, माघ महिनामा सात हजार तीन सय ९५ सवारी साधन कारबाहीमा परेका छन् । जसमध्ये कारबाहीमा परेका एक हजार नौ सय ५१ वटा ट्रकबाट १२ लाख ५८ हजार पाँच सय राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय मोरङले बताएको छ ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा सबैभन्दा बढी ११ हजार २ सय ३४ वटा मोटरसाइकल कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक चन्द्र खड्काले बताए । उक्त अवधिमा कारबाहीमा परेका मोटरसाइकलबाट ६७ लाख ९२ हजार राजस्व सङ्कलन भएको खड्काले बताए । गत आर्थिक वर्षमा तीन करोड १९ लाख ९५ हजार पाँच सय राजस्व सङ्कलन गरेको मोरङ ट्राफिकले यो वर्ष पाँच करोड राजस्व सङ्कलनको लक्ष्य राखेको खड्काले बताए ।

jackson ribon