birat ribon

लिभरपुलविरुद्ध चेल्सी जितको हकदार : टुचेल

Neuro
लिभरपुलविरुद्ध चेल्सी जितको हकदार : टुचेल

विराटनगर / चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा लिभरपुलविरुद्ध चेल्सी जितको हकदार भएको बताएका छन् । चेल्सीले साविक विजेता लिभरपुललाई उसैको मैदान एन्फिल्डमा १–० गोलले हराएको थियो ।

cura insider

चेल्सीलाई जिताउन मासोन माउन्टले निर्णायक गोल गरे । खेलको ४२औँ मिनेटमा माउन्टले गोल गर्दैै चेल्सीलाई जिताए ।

‘हामीले साहसका साथ खेलेका थियौँ, बलसँग राम्रो पकड बनाएर । यसरी खेल्दा कहिल्यै हारिँदैन’, खेलपछि पत्रकारसँग बोल्दै टुचेलले भने, ‘यो हाम्रो टोलीको राम्रो प्रदर्शन थियो । सबैले बहादुरी प्रस्तुत गरे । वास्तवमा हामी लिभरपुलविरुद्ध जितको हकदार थियौँ ।’

जितसँगै चेल्सी शीर्ष चारमा उक्लिएको छ । उसले २७ खेलमा ४७ अङ्क जोडेको छ । समान खेल खेलेको लिभरपुलसँग ४३ अङ्क छ । ऊ सातौँ स्थानमा झरेको छ ।

‘अरूले हारेका कारण पनि यो छ अङ्कको खेल थियो । दौड जारी छ, अझै लिगमा ११ खेल बाँकी छन् । हामी क्रमैसँग जान्छौँ । हामीले आराम गर्नसक्ने छैनौँ अजि उत्सव मनाउने छैनौँ, हामीसँग समय नै छैन,’ उनले थपे ।

jackson ribon