birat ribon

सुनको मूल्य ओरालो लाग्नेक्रम जारी : आज नौ सयले घट्यो

Neuro
सुनको मूल्य ओरालो लाग्नेक्रम जारी : आज नौ सयले घट्यो

विराटनगर / सुनको मूल्य ओरालो लाग्नेक्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य शुक्रबार पनि तोलामा नौ सय रुपैयाँले घटेको छ ।

cura insider

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज छापावाला सुन नौ सय रुपैयाँले घटेर तोलामा रु ८५ हजार छ सय मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८६ हजार पाँच सयमा कारोवार भएको थियो ।

यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार एक सय ५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । तोलामा रु एक हजार दुई सय ८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार दुई सय ५० मूल्य निर्धारण गरिएको छ ।

jackson ribon