birat ribon

रोनाल्डोको बहिर्गनपछि फरक भूमिकामा खेल्न पाएँ : बेन्जेमा

Neuro
रोनाल्डोको बहिर्गनपछि फरक भूमिकामा खेल्न पाएँ : बेन्जेमा

विराटनगर / रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले पूर्वसहकर्मी करिम बेन्जेमा विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

cura insider

हालै एक अन्तर्वार्ताका क्रममा उनले रोनाल्डोको प्रशंसा गर्दैै बेन्जेमाले उनी युभेन्टस गएपछि आफूले टोलीमा नयाँ भूमिका पाएको पनि उल्लेख गरेका छन् ।

रोनाल्डोसँगै रियल मड्रिडमा अनुबन्ध भएका बेन्जेमाले उनीसँग नौ वर्ष एकसाथ खेलेका थिए । सन् २००९ मा लियोनबाट रियल आएका फ्रेन्च स्टार बेन्जेमाले बर्नाबेउमा रोनाल्डोसँग एकसाथ खेल्न पाउँदा खुसी रहेको बताउँदै उनको बहिर्गमनपछि नयाँ भूमिका पाएको बताए ।

‘म रोनाल्डोका साथमा हुँदा खुसी थिएँ तर उनको बहिर्गमनले मैले फरक भूमिकामा खेल्न पाएँ । उनले प्रत्येक वर्ष ५० गोल गर्थे र मैले उनकै अनुकुलतामा खेल्न पर्थ्यो’, उनले भने ।

‘उनी विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक हुन् र म उनको पक्षमा खेल्दा खुसी थिएँ’, उनले थपे ।

jackson ribon