birat ribon

एन्जिलासहित चार नेपाली खेलाडी आज पाकिस्तान जाँदै

Neuro
एन्जिलासहित चार नेपाली खेलाडी आज पाकिस्तान जाँदै

विराटनगर / नेपाली राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी आज पाकिस्तानको घरेलु महिला फुटबल लिग खेल्न त्यसतर्फ प्रस्थान गर्दैछन् । एन्जिला तुम्बाप्पो, सरु लिम्बू, गीता राना र अनिता केसी आज साँझ ७ः१५ बजे दुबई हुँदै त्यसतर्फ जान लागेका हुन् ।

cura insider

पाकिस्तान फुटबल फेडेरेशन (पिएफएफ) ले आयोजना गर्ने लिगमा नेपालबाट छनोट भएका उनीहरू दुबई हुँदै कराँची जान लागेका हुन् । नेपाल फुटबल सङ्घ (एन्फा)ले बिहीबार एन्फाले उनीहरूलाई बिहीबार नै बिदाइ गरिसकेको छ । बिहीबार मात्र उनीहरूको भिसा आएको थियो । चारै खेलाडीले मासा युनाइटेड फुटबल क्लबबाट खेल्ने छन् ।

चारै खेलाडी एपिएफ क्लबमा आबद्ध छन् । उनीहरूले हालै सम्पन्न राष्ट्रिय महिला लिगको उपाधि जिताएका थिए । चारै जना पहिलो पटक विदेशी लिग खेल्न जान लागेका हुन् । यसअघि स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेलेका थिए ।

पाकिस्तानमा महिला लिग आठ मार्चबाट ३ अप्रिलसम्म कराँचीमा आयोजना हुँदैछ । प्रतियोगितामा २० क्लबको सहभागिता रहनेछ । चार नेपाली खेलाडी सम्मिलित मासा युनाइटेड समूह ‘बी’ मा छ । प्रत्येक समूहमा पाँच टोली छन् ।

jackson ribon