विराटनगर / न्युजिल्याण्डमा सुनामी (सामुद्रीक आँधी) को सम्भावना रहेको चेतावनी दिइएको छ ।
बिहीबार (हिजो) शक्तिशाली भूकम्प गएपछि न्युजिल्याण्डमा सुनामी आउने सम्भावना उच्च रहेको बताइएको छ । यसबाट जोगिन र सचेत रहन सबैमा सरकारी अधिकारीले अनुरोध गरेका छन् । न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्पसँगै सुनामी आउन सक्ने चेतावनी दिएको हो।
समुद्री तटमा रहेका व्यक्तिहरुलाई ठाउँ छाड्न आह्वान गरिएको छ। एक पछि अर्को तीनवटा भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो।
मानिसहरु अन्यत्र जाने क्रममा झडपसमेत भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
न्युजिल्याण्डमा बिहीबार ७.२ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि सुनामी आउने चेतावनी दिइएसँगै सबैले सुरक्षित वास्थानको खोजी गरिरहेका छन् । त्यसका लागि सरकारले पनि सहयोग गरिरहेको छ । सम्भावित सुनामीबाट हुने क्षति न्यूनीकरणका लागि विभिन्न प्रयासहरु भइरहेको सरकारी अधिकारीले बताएका छन् ।