birat ribon

२२ लाखसहित क्यासिनोबाट दस जना पक्राउ

Neuro
२२ लाखसहित क्यासिनोबाट दस जना पक्राउ

काठमाडौँ / अवैध रूपमा क्यासिनो खेलाउने र खेल्ने दस जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका– १३ ताहचलस्थित प्लाटिनम होटलमा अवैध रूपमा क्यासिनो सञ्चालन भएको भन्ने गोप्य सूचनाका आधारमा कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

cura insider

पक्राउ पर्नेमा भारत–मोतिहारीका रञ्जितकुमार जैसवाल, सोहनप्रसाद, मुमताज मियाँ, शेख मुर्तुजा अलि, जनकपुरका राजकुमार सिंह र बाराका टिन्कुप्रसाद छन् । जुवा खेलाउने काठमाडौँ महानगरपालिका–२२ बस्ने सो होटलका व्यवस्थापक महेश मल्ल, सर्लाहीका कमलदेव चौधरी, अजय यादव, क्यासियर सचिन वाग्ले पनि पक्राउ परेका छन् ।

उनीहरूबाट प्रहरीले रु २२ लाख ९६ हजार रकमसमेत बरामद गरेकोे महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार उनीहरूको साथबाट नौ लाखको चेक, नगद रु आठ लाख, ३९० वटा क्यासिनो क्वाइन, पैसा गन्ने यन्त्रलगायत सामग्री बरामद गरिएको छ ।

jackson ribon