birat ribon

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

Neuro
कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

कैलाली / कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

cura insider

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार प्रहरीको गोली प्रहारबाट मृत्यु भएका भारतीय नागरिकको शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको छ । अन्दाजी २५ वर्षका मृतक भारतीय नागरिकको सनाखत हुन सकेको छैन । मृतकको साथबाट नक्कली नोट छाप्ने मेसिन र कागजातसँगै लागूऔषध समेत बरामद भएको डिएसपी थापाले बताए ।

नेपाल–भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि तस्करहरूको समूहले गोली चलाएपछि जवाफी फायरिङ्गमा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार चार जनाको सङ्ख्यामा रहेका तस्करहरूको समूहले प्रहरीमाथि गोली चलाएको हो । गस्तीमा रहेका एक प्रहरी सामान्य घाइते भएको उनले बताए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाको कमाण्डमा थप प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चचनपुरका प्रमुख प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।

jackson ribon