birat ribon

कोरोनाबाट अति प्रभावित इटालीमा गरिबीको दर उच्च

Neuro
कोरोनाबाट अति प्रभावित इटालीमा गरिबीको दर उच्च

विराटनगर / कोरोना भाइरस महामारीबाट अत्यधिक प्रभावित इटालीमा गरिबीको दर उच्च देखिएको छ । इटालीको अर्थव्यवस्था अत्यधिक प्रभावित भएसँगै यहाँको गरिबीको दर पनि १५ वर्षयताकै उच्च देखिएको हो ।

cura insider

इटलीमा सन् २००५ पछि गत वर्ष गरिबीको दर बढेर उच्चस्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कमा उल्लेख छ । करिब छ करोड जनसङ्ख्या रहेको यस युरोपेली मुलुकमा पूर्ण गरिबीमा रहेका मानिसहरूको सङ्ख्यामा सन् २०२० मा १० लाख वृद्धि भई ५६ लाख पुगेको छ ।

इटालीको तथ्याङ्क कार्यालय ‘स्टाट’ का अनुसार इटलीमा गरिबको रूपमा हेरिएका घरपरिवारको संख्या १७ लाखबाट बढेर २० लाख पुगेको छ भने उनीहरूले खाद्यान्नलगायतका दैनिक जीवनका आधारभूत आवश्यकता धान्न नसक्ने अवस्था रहेको छ ।

प्रतिशतको हिसाबले ९.४ प्रतिशत व्यक्ति र ७.७ प्रतिशत परिवारहरूलाई गरिबको रूपमा वर्गीकृत गरिएको छ । यो इटालीले गरिबीको तथ्याङ्कको लोखाजोखा राख्न थालेपछिको सबैभन्दा उच्च तह हो ।

सन् २००५ मा केवल तीनदेखि चार प्रतिशत इटालियाली परिवार तथा व्यक्तिहरू पूर्ण गरिबीमा रहेका ‘स्टाट’ले उल्लेख गरेको छ । तथ्याङ्कअनुसार इटलीमा औसत मासिक घरेलु खर्च सन् २०२० मा सन् २०१९ को तुलनामा ९.१ प्रतिशत घटेर दुई हजार ३०० यूरो (करिब दुई हजार ८०० अमेरिकी डलर) पुगेको छ ।
यो तथ्याङ्क सन् २००० पछिको सबैभन्दा न्यून हो ।

jackson ribon