विराटनगर / चलचित्र ‘आँधी तुफान २’ निर्माणको घोषणा भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच चलचित्रको सिक्वेल निर्माण घोषणा गरिएको हो ।
मदन घिमिरेको निर्देशन रहने चलचित्र एक पात्रको हत्या भएपछि घटनाको अनुसन्धानका लागि परिचालित हुने तीन युवतीको कथामा निर्माण हुने बताइएको छ । रामशरण उप्रेतीको छायाङ्कन रहने चलचित्रका प्रस्तुतकर्ता तथा लेखक मौनता श्रेष्ठ हुन् । चलचित्रमा सुरेश अधिकारीको सङ्गीत रहनेछ ।
१६ वर्षअगाडि निर्माण भएको चलचित्र ‘आँधी तुफान’ सिक्वेलमा मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, सञ्जय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, आरती आचार्य, पुनम गौतम, सान अधिकारी, याङ्सु श्रेष्ठ, सोनी बीसी, जोया वुढाथोकी, रूपा केसी, सरोज दाहाल, विन्दिया ठकुरी, रमेश तामाङ, अरुण कालिराजको अभिनय रहने छ ।