birat ribon

विप्लव समूहका नेतालाई शुक्रबारदेखि छाड्न गृह मन्त्रालयद्वारा परिपत्र

Neuro
विप्लव समूहका नेतालाई शुक्रबारदेखि छाड्न गृह मन्त्रालयद्वारा परिपत्र

काठमाडौँ / सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न परिपत्र जारी गरेको छ । बिहीबार मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रमार्फत प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न निर्देशन दिएको हो ।

cura insider

गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाका अनुसार शुक्रबारसम्म उक्त समूहका उपल्ला नेताहरुमा धर्मेन्द्र बास्तोला, वीरजङ्ग चन्द, ओम पुन र माइला लामालगायतलाई छाड्ने तयारी रहेको छ ।

यस्तै, अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय र सहजीकरण गर्नसमेत निर्देशन दिइएको छ । प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न आजै निर्देशन भइसकेको जनाउँदै उनले शुक्रबारसम्ममा चार जना नेतालगायत छाड्ने तयारी भएको बताए ।

‘अन्यको हकमा सहजीकरण हुन्छ, अन्य उपल्ला नेतालगायतहरू सबै अहिले नै छोड्ने भन्ने नहोला, अदालतमा विचाराधीन भएको हकमा सहजीकरण हुन्छ,’ उनले भने ।

jackson ribon