birat ribon

जर्मनीमा फेरि थपियो लकडाउनको समय

Neuro
जर्मनीमा फेरि थपियो लकडाउनको समय

विराटनगर / जर्मनीमा कोरोना भाइरसको महामारी अझै नियन्त्रणमा नआएकाले लकडाउनको समयावधि पुनः थप गरिएको छ । सरकारले यही मार्च २८ तारिखसम्मका लागि लकडाउनको समयावधि थप गरेको हो ।

cura insider

चान्सलर एङजेला मर्केल र १६ राज्यका गभर्नरहरूबीच भएको छलफलको नौ घण्टापछि लकडाउनको समयावधि थप्ने निर्णय भएको हो । सरकारले लकडाउनको समयावधि फेरि बढाए पनि केही व्यवस्थामा भने लचकता अपनाएको छ । अत्यावश्यक सेवा सञ्चालन गर्न कुनै बाधा नरहेको र अत्यावश्यक नरहेका कामहरू भने नगर्न आग्रह गरिएको छ ।

jackson ribon