birat ribon

पिकेले पिएसजीसँगको खेल गुमाउने

Neuro
पिकेले पिएसजीसँगको खेल गुमाउने

विराटनगर / बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले च्याम्पियन्स लिगअन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)सँगको खेल गमाउने भएका छन् । बार्सिलोनाले बिहीबार विज्ञप्तिमार्फत स्पेनिस स्टार पिकेले सेभिल्लाविरुद्धको खेलमा घुँडामा चोट बोकेको पुष्टि गरेको छ ।

cura insider

कोपा डेल रेको सेमिफाइनलको दोस्रो लेगको खेलमा बार्सिलोनाको उद्धारमा नायक बनेका पिके घाइते भएका थिए । बिहीबार साँझ जाँचपछि उनले घुँडामा चोट बोकेको पुष्टि भएको हो । अब उनले तीन साता मैदानबाहिर रहनुपर्ने स्पेनिस मिडियाले जनाएका छन् ।

यससँगै उनले फ्रेन्च च्याम्पियन पिएसजीसँगको दोस्रो लेगको खेल गमाउने भएका हुन् । बार्सिलोनाले १० मार्चमा पिएसजीसँग उसैको मैदानमा खेल्दैछ । पहिलो लेगको खेलमा ४–१ गोलको हार ब्यहोरेका कारण ऊ चर्को दवावमा छ ।

तथापि, बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यान भने कोपा डेल रेमा सेभिल्लाविरुद्ध झैँ पिएसजीविरुद्ध पनि कमब्याक गर्नेमा आशावादी छन् । गए राति स्पेनिस कोपा डेल रेको सर्वाधिक ३० पटकको विजेता टोली बार्सिलोनाले सेभिल्लामाथि जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

सेमिफाइनलको दोस्रो लेगको खेलमा सेभिल्लामाथि ३–० गोलको कम्ब्याक जित निकाल्दै बार्सिलोना फाइनलमा पुगेको हो । बार्सिलोनाले आफ्नो मैदान क्याप नोउमा कम्ब्याक जित निकालेसँगै समग्रमा ३–२ को जितसहित कोपा डेल रेको फाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगका सेभिल्लाले आफ्नो मैदानमा बार्सिलोनालाई २–० गोलले हराएको थियो ।

गए राति बार्सिलोनालाई जिताउन ओस्मान डेम्बेले, पिके र मार्टिन ब्रथेवेटले समान एक–एक गोल गरे ।

‘सेभिल्लासँगको २–० गोलको अग्रतामा कम्ब्याक गर्न सहज भयो तर पिएसजीविरुद्धको ४–१ को अग्रता उल्टाउन त्यति सहज छैन’, गए रातिको खेलपछि पत्रकारसँग बोल्दै कोइम्यानले भने, ‘पिएसजीसँग महान् टोली छ र महान् खेलाडीहरू छन् । हामी जित्नका लागि खेल सुरु गर्छौँ र आशा छ पिएसजीविरुद्ध पनि यसरी नै कमब्याक गर्न सकिन्छ ।’

jackson ribon