birat ribon

कुमारी जब प्रालि र केसिएमआइटी कलेजबीच सम्झौता पत्रमा हस्ताक्षर

Neuro
कुमारी जब प्रालि र केसिएमआइटी कलेजबीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ / लामो समयदेखि मानव संसाधन व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजी ‘केसिएमआइटी’बीच सम्झौता भएको छ ।

cura insider

विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सीपमूलक जीवनोपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएमआइटीबीच सम्झौताभएको हो । कुमारीका प्रबन्ध निर्देशक सन्देश भण्डारी र केसिएमआइटी कलेजका प्रिन्सिपल ललिता चन्दले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै कुमारी जब प्रालिका प्रबन्ध निर्देशक भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए । यस्तै उक्त सम्झौतालाई कलेजले महत्त्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिवद्ध रहेको केसिएमआइटी कलेजका प्रिन्सिपल चन्दले बताइन् ।

यस सहकार्यबाट बिबिए र बिआइएम अध्ययनरत विद्यार्थीले उपयुक्त तालिमसहित आफ्नो सिकाइ क्षमतालाई अझ बृहत् बनाउन सक्ने र रोजगारीको अवसरसमेत पाउने जनाइएको छ ।

jackson ribon