birat ribon

सम्झना हत्या प्रकरण : आरोपी सासू मृत भेटिइन्, खोजीको माग गर्दै आन्दोलन गर्ने छिमेकी पक्राउ

Neuro
सम्झना हत्या प्रकरण : आरोपी सासू मृत भेटिइन्, खोजीको माग गर्दै आन्दोलन गर्ने छिमेकी पक्राउ

गुल्मी / गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा २१ वर्षीय सम्झना बोहरा खत्रीको हत्या संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । खत्रीको हत्या आरोपमा उनकै नाताले ससुरा पर्ने छिमेकी ४७ वर्षीय लालबहादुर खत्रीलाइ पक्राउ गरेको हो ।

cura insider

खत्रीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । खत्रीले मृततकी सासुसँग मिलेर हत्या गरी शव फालेको स्वीकार गरेको प्रहरीको दाबी छ । यद्यपि सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासू तोमकली खत्री रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

लालबहादुर खत्रीले माघ २९ गते राति सम्झनाको हत्या गरी शव फालिएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
लालबहादुरलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।

सम्झना बेपत्ता भएपछि लालबहादुर खोजीका लागि भन्दै स्थानीय प्रशासनविरुद्ध भएको आन्दोलनको अग्रपङ्तिमा थिए । फागुन १७ गते भने खत्रीले नै शवको गन्ध आएको भन्दै स्थानीय जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सोही दिन उनलाई नियन्त्रणमा लिएको थियो ।
हत्याको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

jackson ribon