birat ribon

पुनर्निर्माण प्राधिकरण र एनआरएन टोलीद्वारा लाप्राक नमुना बस्तीको निरीक्षण

Neuro
पुनर्निर्माण प्राधिकरण र एनआरएन टोलीद्वारा लाप्राक नमुना बस्तीको निरीक्षण

विराटनगर / राष्ट्रिय पुनर्निर्माण प्राधिकारका सचिव मणिराम गेलालसहित गैरआवासीय नेपाली सङ्घका अध्यक्षको नेतृत्वमा सङ्घको एक प्रतिनिधि मण्डलले निर्माणाधीन लाप्राक नमुना बस्तीको निरीक्षण गरेको छ ।

cura insider

निरीक्षणका क्रममा प्राधिकरणका सचिव गेलालले विभिन्न कठिनाइका बाबजुद सुन्दर बस्ती निर्माण गरिदिएकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई धन्यवाद व्यक्त गरेका थिए ।

सङ्घका अध्यक्ष कुमार पन्तले सङ्घको अथक प्रयास र परिश्रमबाट बस्ती निर्माण सम्भव भएको बताए । उनले लाभग्राहीलाई लालपुर्जा उपलब्ध गराउने र पूर्वाधार निर्माणमा समेत सङ्घले प्राधिकरणलाई घच्घच्याइरहेको जानकारी दिए । १२ वैशाख २०७८ मा अधिकारिक रूपमा बस्ती हस्तान्तरण गर्ने कार्यक्रम तय भएकाले सो समयभित्रै बस्ती निर्माणको काम सम्पन्न गर्न लाभग्राहीहरूलाई सचेत गराए ।

लाभग्राहिका तर्फबाट बडाका अध्यक्ष राज गुरुङ्गले, स्वागत मन्तव्य व्यक्त गर्दै बस्ती अब छिटो सम्पन्न हुनेमा लाभग्राही विश्वस्त भएका र सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । परियोजनाका सहसंयोजक श्याम तामाङ्गले, बस्ती निर्माणका प्रगतिबारे जानकारी गराएका थिए ।

सङ्घका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछानेलगायत सो भ्रमण टोलीमा २० जनाको सहभागिता रहेको थियो ।

jackson ribon