birat ribon

कोहलीले गरे धोनीको रेकर्ड बराबरी

Neuro
कोहलीले गरे धोनीको रेकर्ड बराबरी

विराटनगर / भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले पूर्व–कप्तान महेन्द्र सिंह धोनीको कीर्तिमान बराबरी गरेका छन् । कोहलीले भारतका लागि टेस्ट क्रिकेटमा सर्वाधिक धेरै खेलमा कप्तानी गरेका धोनीको कीर्तिमान बराबरी गरेका हुन् ।

cura insider

सन् २०१४ को अन्त्यमा धोनीले भारतीय टेस्ट क्रिकेट टिमको कप्तान पदबाट राजीनामा दिनुअगाडि ६० टेस्टमा कप्तानी गर्दै कीर्तिमान गरेका थिए । यता, कोहलीले अहमदावादमा जारी इङ्ग्ल्याण्डविरुद्धको चौथो र अन्तिम टेस्टमा कप्तानी गरेसँगै धोनीको कीर्तिमान बराबरी गरेका हुन् ।

यस्तै कोहली भारतको टेस्ट क्रिकेटमा सर्वाधिक सफल कप्तानसमेत हुन् । उनले भारतका लागि जारी टेस्टअघि ५९ खेलमा कप्तानी गर्दै ३५ टेस्टमा जित जिकालेका छन् भने १४ टेस्टमा हार ब्यहोरेका छन् । १० टेस्ट भने बराबरी खेलेका छन् ।

दोस्रो स्थामा रहेका धोनीले ६० टेस्टमा कप्तानी गरेका छन् । जसमध्ये उनले २७ जित, १८ हार र १५ खेलमा बराबरी गरेका छन् ।

jackson ribon